default_image

8 years ago

November 24, 2016

बानेश्वरले किकअफलाई हरायो, कीर्तिपुरको जितमा सुजितको ६ गोल

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहचलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा बिहीबार जित हासिल गरेका छन् । समूह ए अन्तर्गत बानेश्वरले होम ग्राउन्डमा समूहको शीर्ष टोली किकअफ फुटसललाई ५–३ ले हरायो ।

ft

बानेश्वरको जितमा मानसाजन राजभण्डारीले ह्याट्रिक गर्दा विपु लामाले २ गोल गरे । खेलको म्यान अफ द म्याच बानेश्वरका गोलकिपर रजत शर्मा भए । हारका वावजुद ९ खेलमा किक अफको २१ अंक छ । उत्तिनै खेलमा दोस्रो स्थानमा रहेको बानेश्वरको १९ छ ।
समूह बीमा ताहचलले कीर्तिपुर फुटसललाई ११–५ को फराकिलो अन्तरले हरायो । ताहचललाई जिताउन म्यान अफ द म्याच सुजित बुढाथोकी ६ गोल गरे भने राज शाहीले २ तथा विजय शाही, विनय महर्जनले १÷१ गोल गरे । अर्को गोल कीर्तिपुरबाट आत्मघाती रुपमा पायो । कीर्तिपुरका यमन महर्जनले २ ,जोन महर्जन, एपेक्स महर्जन र अमिर तामाङले १÷१ गोल फर्काए ।
समूह बीमा ९ खेलबाट २२ अंक जोडेको शंखमूलले शीर्ष स्थान, ताहाचल ९ खेलबाटै १९ अंकका साथ दोस्रो स्थानमा छ । छैटौं स्थानको कीर्तिपुरको ७ अंक छ ।

footsal

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.