3 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् ।
बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् ।
उनले गत वर्ष स्वर्ण जितेका थिए । गत वर्षको भन्दा राम्रो समय निकालेपनि उनी भारतीय खेलाडीसँग पछि परिन् । उनले गत वर्ष स्वर्ण जित्ने क्रममा २ घन्टा ५९ मिनेटको समय निकालेकी थिइन् ।
महिलातर्फ भारतकी आरती पटेलले २ घण्टा ५३ मिनेट २८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । भारतकै ज्योति गावटीले २ घण्टा ५४ मिनेट १४ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।
पुरुषतर्फ नेपालका किरण सिंह बोगटी पाँचौं भए । बोगटीले निर्धारित दुरी २ घण्टा २३ मिनेट ४३ सेकेन्डमा पुरा गरे । उनले यस वर्षको उत्कृष्ट समय निकालेका हुन् ।
पुरुषतर्फ भारतका बुगाथा श्रीनुले २ घन्टा १६ मिनेट २६ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते भारतकै अर्जुन प्रधानले २ घन्टा २० मिनेट ०६ सेकेन्डमा दुरी पुरा गर्दै रजत जिते । भारतकै बेल्लिएप्पा तेस्रो तथा बहादुर सिंह धोउनी चौथो भए । नेपालकै नरेन्द्र सिंह रावतले २ घन्टा ३२ मिनेट १० सेकेन्डको समय निकँलदै नवौं स्थानमा रहे ।
नेपाली टोली ७ जनवरीमा त्यसतर्फ प्रस्थान गरेको थियो । प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगत एथलेटिक्सको मुख्य प्रशिक्षक चन्द्र गुरुङ रहेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]