3 years ago
January 10, 2022
काठमाडौं (हामो खेलकुद) – नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ ।
२० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कातातर्फ पनि पुरुष र महिलामा प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रुपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरुका लागि यो विधा थपिएको आयोजक संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
चावहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगिताको पुरुष ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जिते उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो) लाई पराजित गरे । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो) लाई हराएर अनायन मानन्धर (ठैब डोजो) ले स्वर्ण जिते ।
पुरुष ४० केजीमूनि रोजन तामाङ (शंखडोल एकेडेमी) ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो) ले स्वर्ण जिते । उनले फाइनलमा सुनील ठगुन्ना (साउथ भ्याली स्कुल) लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) ले स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते) ले रजतमा चित्त बुझाए ।
महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् । यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं कमहागरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गरेका थिए ।
वल्र्ड युनाइटेड मार्सल आर्ट (उमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]