default_image

3 years ago

January 8, 2022

दमक डोजाङ्ग झापा च्याम्पियन

112 views

0 Bookmark


उत्तम रिजाल, झापा

दमक डोजाङ्ग प्रथम झापा जिल्ला स्तरीय अन्तर डोजाङ्ग आइटीएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । झापाको दमकमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण १३ रजत र २३ कास्य गरी कुल ४९ पदकका साथ दमक च्याम्पियन बनेको हो ।

दमकले पुरुषतर्फ ६ स्वर्ण, ७ रजत र १२ कास्य पदक प्राप्त जित्यो । महिलातर्फ ७ स्वर्ण ६ रजत र ११ कास्य प्राप्त गरेको थियो । पाँडाजुगीले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक गरी १० पदकसहित दोश्रो स्थान हात पार्यो । पाँडाजुगीले पुरुषतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य तथा महिलातर्फ ३ स्वर्ण र एक कास्य हात पारेको थियो ।

त्यस्तै ३ स्वर्ण, २ रजत र ४ कास्य गरी ९ पदक प्राप्त गर्दै हिमावी तेश्रो भयो । उसले पुरुषतर्फ ३ स्वर्ण र २ कास्य प्राप्त गर्यो भने महिलातर्फ २ रजत र २ कास्य पदक हात पारेको थियो । पाथीभराले भने एक रजत र ३ कास्य गरी ४ पदक हात पार्दा गौरादह डोजाङ्गले २ रजतमा चित्त बुझायो । गौरादहलाई दुवै पदक महिला खेलाडीले दिलाएका थिए ।

प्रतियोगितामा च्याम्पियन भएको दमकले १५ हजारसँगै ट्रफी हात पार्यो । दोश्रो भएको पाडाजुँगी डोजाङ्गले १० हजार तथा तेश्रो भएको हिमावीले ५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि नेपाल आइटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष प्रविन कुमार कार्की, दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चौलागाई, पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत, कार्यक्रमका अध्यक्ष तथा झापा जिल्ला आइटीएफ तेक्वान्दो संघका अध्यक्ष नविन तामाङ्ग लगायतले पुरस्कार प्रदान गरेका थिए ।

दमक–७ स्थित पशुहाटमा भएको सो प्रतियोगितामा झापाका ८ डोजाङ्गका एक सय ५० खेलाडीले कुल ७४ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको आयोजना दमक नगर खेलकुद विकास समिति तथा दमक नगर आइटीएफ तेक्वान्दो उपसमितिले गरेको हो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.