default_image

3 years ago

January 8, 2022

जुनियर अक्वाथलनमा टिशा र प्रारम्भ च्याम्पियन

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फको उपाधि जितेका छन् । प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनेट ५६ सेकेन्डका साथ टिशाले र पुरुषतर्फ २३ मिनेट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् ।

महिलातर्फ आजमी श्रेष्ठ दोश्रो, रोशा न्यौपाने तेश्रो तथा स्वस्तिका भण्डारीले चौथो स्थान हासिल गरे । पुरुषतर्फ तेन्जिङ रायन गुरुङ दोस्रो तथा जादेन श्रेष्ठ तेस्रो भए । सनिल थापा मगर चौथो र अजल काजी ताम्राकार पाँचौ भए । पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार रुपैयाँ हात पारे । दोश्रोले ३ हजार, तेश्रोले २ हजार तथा चौथो र पाँचौले समान १ हजार पाए ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु–१३ महिलातर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनेट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरिन् ।

आश्ना श्रेष्ठ दोस्रो तथा आकंक्षा श्रेष्ठ तेस्रो भइन् । पुरुषतर्फ आरोहण भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ पहिलो भए । अथर्व सिंह दोस्रो तथा प्रसर्य श्रेष्ठ तेस्रो भए ।

पहिलो भएकाले ५ हजार, दोस्रोले ३ हजार तथा तेस्रोले २ हजार पाए । यु–१० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।

बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कृत गरे । प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.