default_image

3 years ago

January 8, 2022

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक योगदान गरे । मनीष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्वपूर्ण रह्यो । तीन क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै टाइम्स उपाधि चुम्न सफल भयो ।

उपाधिसंगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो । विजेतालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, बीएमकेका अध्यक्ष हरि अधिकारी, शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवाले, शिव सेना नेपाल, काठमाडौंका अध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए । पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.