8 years ago
November 24, 2016
मुस्ताङ (हाम्रो खेलकुद) – मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेलको पहिलो दिन बिहीबार राजकुमार श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनले ५७ मिनेट ५० सेकेण्डमा दुरी पार पुरा गरेका थिए । उपल्लो मुस्ताङमा पहिलो पटक आयोजित रेसको पहिलो दिन बुद्धि बहादुर तामाङ १ घन्टा २ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र नेपाली सेनाका मान बहादुर थापा मगर १ घण्टा २ मिनेट ५६ सेकेण्ड समयका साथ तेस्रो स्थानमा छ । पहिलो दिन मुक्तिनाथ पुगेर रेस टुंगिएको थियो ।
७ चरणमा हुने रेसको दुरी २ सय २० किलोमिटरको राखिएको छ । समुन्द्री सतहबाट २ हजार ८ सय मिटरमा रहेको कागबेनीबाट सुरु भएको यो रेसले मुस्ताङको ४ हजार २ सय मिटरको बिभिन्न पासहरु छिचोल्दै र चरणहरु पार गदै ७ दिनमा टुंगिनेछ । प्रतियोगिताका विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गनेछन् । त्यस्तै रेसमा दोस्रो हुनेले ७५ हजार र तेस्रो स्थानमा रेस सकाउनेले ५० हजार रुपैयाँ पाउनेछन् ।
नेपालमा सम्भावना बेकेको माउण्टेन बाईकिङ्गको बिकासमा योगदान प¥याउदै साहासिक खेल पर्यटन को प्रबद्र्धनका लागी यो प्रतियोगिता अयोजना गरीएको आयोजक तथा ब्याबस्थापक शिखर पाण्डे बताए । उनले भने, ‘हामीले उपल्लो मुस्ताङ यस किसिमको क्रसकन्ट्री साइकल रेस पहिलो पटक आयोजना गरेका हौ, अहिलेको सहभागिताले हामी उत्साहित भएका छौं । आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।’
अग्रस्थानमा रहेका राजकुमारले सुरुको चरण सजिलो भएको र मौसमले समेत साथ दिएको बताए । उनले भने,‘अझै धेरै गा¥हो चरणहरु त बाँकी नै छ । प्रतिस्पर्धापनि कडा भएकोले अझै टाईमिङ्गमा सुधार गदै जाने लक्ष्य छ ।’
याक अटयाक लगायत बिभिन्न क्रस कन्ट्रीहरुमा सहभागी जनाएका बुद्धिबहादुर तामाङले उपल्लो मुस्ताङ साईकलिङ्गको लागि उत्तम गन्तव्य भएको बताए । मुस्ताङमा यस्तो प्रतियोगिता पहिलो पटक नेपालीले आयोजना गरेकाले आपूmहरु उत्साही भएको उनले सुनाए । उनले थपे, ‘आज पहिलो दिन भएकोले त्यति छिटो कुदाइएन, भोलीबाट अलि पेस बढाउछु ।’
बेलायतमा भएको माउन्टेन बाईक ओरेन्टेरिङ्ग रेसमा बिजेता रहिसकेकी इजाबेल बोईडले यस्तो मनोरम ठाउमा साईकल कुदाउनै आपूmलाई गर्ब लागेको बताए । उपल्लो मुस्ताङमा साइकल कुदाउननै एउटा अदभूत र आनन्दायी क्षण भन्दै अर्का सहभागी ईयन मोरीसनले भने, ‘मेरो लागी यो रेस स्मरणीय रहने छ र यो पुरा गर्नुनै मैले जिते बराबर हुनेछ ।’
मुक्तिनाथबाट सुरु हुने दोस्रो दिनको रेस चैले पुगेर टुंगिनेछ । त्यस्तै घमी , लोमान्थाङ, टागे ,मर्फा र सातौदिनमा तातोपानीमा पुगेर सकिनेछ । साहासिक खेलको रुपमा लिईएको यस प्रतियोगितामा १ महिला सहित ३ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]