default_image

3 years ago

January 7, 2022

जुनियर अक्वाथलन शनिबार

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा दोश्रो जुनियर अक्वाथलन प्रतियोगिता अन्तराष्ट्रिय खेल परिसर सातदोवाटो, ललितपुरमा भोलि शनिबार हुने भएको छ ।

२ किमि पौडी, ४ किमि दौड र १ किमि पौडीको दुरी रहेको अक्वाथलन प्रतियोगितामा ३० खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता निर्देशक शुभ श्रेष्ठले जानकारी गराएका छन् ।

स्कुल स्तरदेखि नै खेलाडीहरुलाई ट्राईयाथलन खेलमा आकर्षण गर्दै खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ हामीले जुनियर तथा स्कुलका खेलाडीहरुको लागि प्रतियोगिता संचालन गर्दै आएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

हाल सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा ट्राईयाथलन प्रशिक्षकहरुले लामो समय देखि खेलाडीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । प्रशिक्षणमा २० प्रशिक्षार्थीहरुको सहभागिता रहँदै आएको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.