default_image

3 years ago

January 7, 2022

पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा केबी साम मुख्य प्रायोजक

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजनवापत केबी सामले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत बेगानीले सामाजिक उत्तर दायित्वअन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताउदै खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताए । अध्यक्ष बज्राचार्यले मुख्य प्रायोजनका लागि प्रालिलाई धन्यवाद दिदै यस्तै सहयोगले खेलकुद गतिविधिलाई अगाडि बढाउन टेवा पुग्ने धारणा व्यक्त गरे ।

टेनिस माघ १ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदै छ । खुला पुरुष-महिला सिंगल्ससहित पुरुष-महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

खुला पुरुष-महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०–१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । अखिल प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.