3 years ago
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित छन् । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५–१५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउदै जित अन्तर फराकिलो बनाएको थियो । टाइम्सले दोश्रोमा १६–१०, तेश्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन ग¥यो ।
अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७९–७० ले हरायो । सुरुका तीन क्वाटर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा ग¥यो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिएपनि जितका लागि पर्याप्त रहेन । फाइनल शनिबार हुने छ ।
शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]