3 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ ।
साइपालले टाइम्सलाई ३८–२८ ले पराजित ग¥यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे । कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए । सम्राट भूमिको ११ अंक मद्दतमा जेभियरले हेराल्ड इन्टरनेसनल कलेजलाई ३६–२६ ले हरायो ।
ट्रिनिटीले अक्सब्रिज इन्टरनेसनल कलेजमाथि ३२–३० को कठिन जित दर्ता ग¥यो । ट्रिनिटीका दोर्जे तामाङले ११ स्कोर गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार हेराल्ड र साइपाल, जेभियर र टाइम्स, अक्सब्रिज र एन्जल्स हर्ट कलेज तथा ट्रिनिटी र आयोजक भ्याली पब्लिकबीच खेल हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।