3 years ago
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी अन ह्वील्स्) मा एक्लै माउन्टेन बाइक राइड गर्ने भएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै पुर्वमा कञ्चनजंघादेखि पश्चिममा हुम्लासम्म हिमालयको उच्च मार्गहरुमा फैलिएको १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल (जिएचटी) मा एक्लै सवारी राइड गर्ने योजना बनाएको हो । यो ट्रेल १ अप्रिल २०२२ देखि शुरु हुनेछ ।
माउन्टेन बाइकमा यस्तो एकल यात्रा कहिल्यै नभएको र यो नै पहिलो हुनेछ । यसको उद्देश्य हिमलयन समुदायमा कोभिड १९ को महामारी र जलवायु परिवर्तनका चुनौतीबारे चेतना जगाउनु, विशेष गरी जिएचटीलाई प्रमुख साहसिक पर्यटन गन्तव्यको रुपमा प्रवद्र्धन गर्नु र स्थानिय समुदायलाई संलग्न र सशक्त बनाउने रहेको बाइकर लामाले बताए ।
जुनियर मेकानिकको रुपमा र पछि माउन्टेन बाइकिङ गाइड रेसरको रुपमा करिअर अघि बढाएर २००६ देखि पर्यटन उद्योगमा रहँदै आएका छन् । यसक्रममा उनले स्थानिय माउन्टेन बाइक दौडमा भाग लिदै प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय दौडमा प्रतिस्पर्धा गर्दै १० वर्षको अवधिमा विभिन्न १० उपाधि जितिसकेका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]