3 years ago
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित ग¥यो । भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५–१५ अंक जोडे । ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
ट्रिनिटीले एन्जल्स हर्ट कलेजलाई ४१–३५ ले हरायो । ट्रिनिटीका सुलभ बिसीले १६ स्कोर गरे । जेभियरले साइपाल एकेडेमीमाथि ३५–२५ को जित निकाल्यो । जेभियरका राजिव आलेले ११ अंक बटुले । हेराल्ड इन्टरनेसनल कलेज विरुद्धको खेलमा टाइम्स ३२–३१ को साँघुरोअन्तरले विजयी भयो ।
प्रतियोगिताको भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।