default_image

3 years ago

January 5, 2022

झिल्टुङ क्रसकन्ट्री दौड माघ दोस्रो साता

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ ।

आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड ८ माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए ।

‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको उक्त रेसमा विभिन्न ७ विधामा महलिा र पुरुषले प्रतिस्पर्धा गर्नेछ । जसमा १३.४ किलोमिटरको महिला र पुरुष खुल्ला, १३.४ किलोमिटर खुल्ला स्थानिय, ४.५ किलोमिटर खुल्ला जुनियर १६ वर्षमुनि (महिला– पुरुष), ४.५ किलोमिटर स्थानिय १६ वर्षमुनि (महिला– पुरुष) , ४.५ किलोमिटर स्थानिय ४५ वर्ष माथि, भेट्रान्स १३.४ किलोमिटर खुल्ला र स्थानिय आमाहरुको १.५ किलोमिटर रिले दौड रहेका छन् ।

दौड नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर बेलिनि, खड्गाछाप, राजओडार, सालचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ ।

क्रस कन्ट्री दौडको मुख्य विधा १३.४ को महिला र पुरुष विजेताले समान १५ हजार, दोस्रो हुनेले १० तथा तेस्रो हुनेले ५ हजार नगद पाउँनेछन् । १३.४ किलोमिटरमा विगतको कोर्स रेकर्ड बनाउनेलाई थप ५–५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

१३.४ किलोमिटर खुल्ला स्थानियको विजेताले १० हजार, दोस्रोले ७ र तेस्रोले ५ हजार पाउनेछन् । ४.५ किलोमिटर खुल्ला जुनियर १६ वर्षमुनि (महिला– पुरुष) र ४.५ किलोमिटर स्थानिय १६ वर्षमुनि (महिला– पुरुष), ४.५ किलोमिटर स्थानिय ४५ वर्ष माथिको शीर्ष तेस्रो हुनेले समान ६ हजार, ४ हजार र २ हजार प्राप्त गर्नेछन् ।

भेट्रान्स १३.४ किलोमिटर खुल्लाको विजेताले ८ हजार, दोस्रोले ६ हजार तेस्रोले ४ हजार प्राप्त गर्नेछन् । स्थानिय आमाहरुको १.५ किलोमिटर रिले दौडको विजेताले १२ हजार, दोस्रोले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ हात पार्नेछन् ।

पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरण सिंह बोगटी र पुष्पा भण्डारी र चौथोमा कास राई र प्रिया राई र पाँचौमा सुमन कुुलुङ राई र हुमी बुढामगरले उपाधि जितेका थिए ।

सोही कार्यक्रमको अवसरमा १३औं सागका ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की र २०७५ को एसियन जुनियर युथ एथलेटिक्सका विजेता अजित कुमार यादवलाई बेलायतमा बसोबास गर्ने एथलेटिक्स प्रेमी सन्तोष राईले समान एक–एक थान स्पाइक सुज हस्तान्तरण गरेका छन् । उनले धरानमा नेवा च्यारिटी रन पनि आयोजना गर्दै आइरहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.