3 years ago
January 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, टाइम्स कलेज, हेराल्ड इन्टरनेसनल कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज इन्टरनेसनल कलेज, ट्रिनिटी इन्टरनेसनल कलेज र एन्जल्स हर्ट कलेज रहेका छन् । समूहको शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्ने छन् ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]