3 years ago
January 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित ग¥यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे । बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ को झीनो अग्रता कायम गरेको बिएमके तेश्रोमा ९–१४ र चौथोमा १६–१९ ले पछि प¥यो ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा टाइम्स र रोयलले सफलता पाए । समान २–२ खेल खेलेका रोयल र टाइम्सको यो लगातार दोश्रो जित हो । टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले हरायो । टाइम्सका मविन्द्र क्षेत्रीले २६ स्कोर गरे । चारै क्वाटर आफ्नो पक्षमा परेको टाइम्सले क्रमशः २२–१२, १६–१५, २४–१४ र २२–१९ स्कोर ग¥यो ।
रोयलले क्याम्पियनमाथि ६५–४४ को सहज जित दर्ता ग¥यो । रोयलका निकेश मगरले १२ अंक बटुले । पहिलो क्वाटरमा १९–१२ को अग्रता लिएको रोयल दोश्रोमा १०–१२ ले पछाडि प¥यो । रोयल तेश्रोमा १७–९ र चौथोमा १९–११ ले अगाडि रह्यो ।
प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुने छ । टाइम्सले कीर्तिपुर, बिएमकेले गोल्डेनगेट, रोयलले स्कल क्यान्डी तथा गोड्सले क्याम्पियन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।