3 years ago
January 2, 2022
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – तनु दोश्रो आरडब्लु विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन् । पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वल्र्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन् ।
जलवायु दिवासको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनलाई हराए । डेविडले ५० हजार नगद पुरस्कार पाए । छेरो, यङ स्याडी र बाबाबीच भएको त्रिपल थ्रेट प्रतिस्पर्धामा यङ स्याडीले बाजी मारे । उनी ४० हजार नगदबाट पुरस्कृत भए ।
सिन्धुपाल्चोकको गुफाडाँडामा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको हार्डकोरमा किङ रोबर्टले नुवाकोटे टाइगरको चुनौती पन्छ्याउदै ६५ हजार नगद पुरस्कार जिते । हेभीवेट भिडन्तमा चट्टानले साइनलाई पाखा लगाएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । चट्टानले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]