3 years ago
January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल बास्केटबल र स्कल क्यान्डीले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रोयलले गोड्सलाई ५८–३३ ले पराजित गरेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा स्कलले क्याम्पियनलाई ५९–५७ को झीनो अन्तरले हरायो । विजयी टिमका लागि सुजनले १५ स्कोर गरे ।
प्रतियोगिताको शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेतले निर्णायक सागर श्रेष्ठलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवालेले जनाएका छन् ।
विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताअन्तर्गत सोमबार बिएमके र टाइम्स तथा गोड्स र स्कल क्यान्डीबीच खेल हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।