3 years ago
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिवार हुने भएको छ ।
प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ ।
हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले यस अघिको पत्रकार सममेलनमा स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ । प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
जलवायु दिवासको उपलक्ष्यमा दोश्रो आरडब्लु विन्टर स्लाम सिन्धुपोलचोकको गुफा डाँडामा आईतवार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ । दोश्रो आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]