default_image

3 years ago

December 30, 2021

भलिबल टोली आज स्वदेश फर्कदै

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज (बिहीबार) स्वदेश फर्कदै छ । बंगलादेशमा मंगलबार सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम राम्रो भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा उत्रने बताएका छन् । महिला र पुरुष टोलीमा समान १२ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापक छन् । निर्णायकको रुपमा एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्णप्रसाद चौलागाई छन् । टोलीसँगै नेपाल भलिबल संघको कार्यवहाक अध्यक्ष याम गुरुङ, महासचिव जितेन्द्र बहादुर चन्द र कोषाध्यक्ष सुनकेशरी माली रहेका छन् ।

पुरुष टोलीका मुख्य प्रशिक्षक हान एबिङ भने बंगलादेशबाटै आफ्नो देश नेदरल्यान्ड्स जानेछन् । उनलाई बुधबारै नेपाल भलिबल संघका पदाधिकारीले बंगादेशमै बिदाई गरेका छन् । उनी फिभको सहयोगमा नेपाली पुरुष टोलीलाई प्रशिक्षण दिन मंसिर पहिलो साता नेपाल आएका थिए ।

नेपालले बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानले कठिन चुनौती पेश गरेपनि नेपालले त्यो चुनौतीलाई चिर्दै २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो । यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो ।

नेपाली टोली च्याम्पियनसिपका लागि ५ पुसमा ढाका प्रस्थान गरेको थियो । नेपाल भलिबल संघले बिहीबार दिँउसो १ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्राङ्गणमा बधाई तथा शुभकामनाको कार्यक्रमा राखेको छ ।
सरकारले च्याम्पियन टोलीका १२ खेलाडीलाई जनही ५ लाख, दुई प्रशिक्षकलाई समान ३ लाख र एक व्यवस्थापकलाई २ लाख रुपैयासहित सम्मानित गर्ने निर्णय गरिसकेको छ ।

महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी, जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)

पुरुष टोली
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द, हान एबिङ (मुख्य प्रशिक्षक), प्रज्वल बहादुर सिंह (प्रशिक्षक) र मंगल श्रेष्ठ (व्यवस्थापक) र श्याम श्रेष्ठ

निर्णायक – विजयी केसी एसियन रेफ्री क्यान्डिडेट) र पुर्ण प्रसाद चौलागाई (एसियन रेफ्री क्यान्डिडेट)

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.