default_image

3 years ago

December 28, 2021

श्रीलंका सेन्ट्रल जोनको च्याम्पियन

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा मंगलबार भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि हात पारेको हो । घरेलु टोलीले पहिलो पहिलो सेटमा श्रीलंकालाई दवाव बढाएपनि दोस्रो र तेस्रो सेटमा खासै दवाव दिन सकेन ।

पुरुषतर्फ उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएर तेस्रो स्थान हासिल गरेको छ । नेपाली पुरुष टोली यसपटक पदकविहीन बन्यो । माल्दिभ्स पुछारमा रह्यो ।

महिलातर्फ नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० को सानदार जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । नेपाल पहिलो संस्करणमा पनि च्याम्पियन बनेको थियो । महिलातर्फ श्रीलंका तेस्रो, किर्गिस्तान चौथो, बंगलादेश पाँचौ र माल्दिभ्स छैटौ भयो ।

२३ डिसेम्वरबाट ढाकामा शुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ५ र महिलामा ६ राष्ट्रको सहभागिता रहेको थियो । खेलहरु राउन्ड रोविन लिग र त्यसपछि शीर्ष दुई टोलीले फाइनल र तेस्रो र चौथोले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.