3 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी रारा म्याराथनको सद्भावना दुत (गुडवील एम्वासडर) चयन भएकी छिन् ।
अन्तरालको आयोजना र व्यवस्थापनमा वैशाख ११ गते आयोजना हुने पुरुष तथा महिला फुल म्याराथनमा मीरालाई सद्भावना दुतका रुपमा सहभागिता हुने बताइएको छ । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने बताइएको छ ।
रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दुतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । ‘मीरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन ’ अध्यक्ष शाहले भने, ‘जुम्ला विश्व किर्तिमानी धावक हरिबहादुर रोकाया दाईको ठाँउ हो, उहाँको मार्ग निर्देशनमा हामी अघि बढिरहेका छौं । जुम्लामा हरीदाईको अनुभव लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’
रारा म्याराथनको सद्भावना दुत भएसँगै मीराले नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसँगैं दौडिने बताइन् । मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एडभेन्चरर अफ द एयर’ विजेता हुन ।
अन्तराल विगत १५ वर्षदेखि खेलकुद, इभेन्ट म्यानेजमेन्ट, गीत संगीत, फोटोग्राफी, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनका काम गरिरहेको संस्था हो । विश्व किर्तिमानी धावक हरिबहादुर रोकायको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरिबहादुर ‘ए हिडेन गिनिज वल्ड रेकर्ड होल्डर’ अन्तरालले निर्माण गरेको हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]