3 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपाली उज्वेकिस्तानलाई पराजित गर्दै अपराजित नै रहँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ ।
नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । नेपाल सोही इतिहास दोहो¥याउन चहान्छ ।
नेपालले च्याम्पियनसिपको राउन्ड रोविनको पाँच खेलमा १७ सेट खेल्दा १५ सेट जितेका छ । दुई सेट श्रीलंकासँग गुमाएको थियो । राउन्ड रोविनमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाल सोही जितको लयलाई निरन्तरता दिने योजनामा कोर्टमा उत्रनेछ ।
टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, सलिना श्रेष्ठ र यसै च्याम्पियनसिपबाट महिला टोलीमा डेब्यु गरेकी शान्ति थारुको साथ रहेको छ । यस्तै उषा भण्डारी, साफिया पुन, कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द पनि टोलीमा छन् ।
यता, लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को सेटमा स्तब्ध पारेर हौसिएको उज्वेकिस्तान पनि नेपाललाई स्तब्ध पार्दै च्याम्पियन बन्ने दाउँमा हुनेछ । च्याम्पियनसिपमा उज्वेकिस्तानले नेपालसँगको खेल मात्रै गुमाएको छ ।
२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
अपराजित रहेको नेपालले राउन्ड रोविनको ५ खेलबाट १४ अंक बटुल्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहेपनि श्रीलंका सेटमा पछि प¥यो । अब श्रीलंकाले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–२ को सेटमा जित निकाल्दै २ अंक जोडेको छ । सबै खेलमा हारको नतिजा निकालेको माल्दिभ्सले पनि १ अंक जोड्न सफल भयो ।
पुरुषतर्फ नेपाली टोलीले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो १ः१५ बजे हुनेछ । पुरुष टोलील सेन्ट्रल जोनको तेस्रो संस्करणमा कास्य जितेको थियो । यसपटक पनि नेपाली टोली कास्य जित्ने लक्ष्यसहित कोर्टमा उत्रनेछ । उज्वेकिस्तानलाई नेपालले लिग चरणमा ३–१ को सेटमा हराएको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]