3 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सन् २०२२ मा प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को अनुमतिमा संघले सन् २०२२ मा दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने जानकारी गराएको हो । तर, च्याम्पियनसिपको मिति भने तोकिएको छैन । संघका अनुसार च्याम्पियनसिप सन् २०२२ भित्रै हुनेछ ।
नेपालले यसअघि सन् २०१९ मा पाँचौ संस्करणको एभिसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप र काभाको साधरणसभाको सफलतापुर्वक आयोजना गरेको थियो ।
नेपाली महिला टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि नजिक छ । नेपालले आज नै उपाधिका लागि उज्वेकिस्तानसँग बिहान ११ः१५ बजे ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा खेल्दैछ । आज नै पुरुष टोलीले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग दिउँसो १ः१५ बजे खेल्दैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]