default_image

3 years ago

December 27, 2021

मन्जु च्याम्पियन

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मन्जु विक १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो भएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् ।केडब्लुडब्लुकी करिष्मा कार्की तेश्रो तथा आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो भए ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनार पहिलो भए । उनले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराए । केन्द्रीय डोजोका प्रेम तामाङ तेश्रो बने ।

पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाए । सो क्योकुसिनका सतल लामा तेश्रो तथा आर्मीका मनोज थपलिया चौथो स्थानमा रहे । पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे ।

आईकेएका संजेश तामाङ तेश्रो तथा केडब्लुडब्लुका होमबहादुर राई चौथो भए । विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचान, उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्रदान गरे । दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी थिए । पुरुषमा ३ तथा महिलामा १ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.