default_image

3 years ago

December 27, 2021

बाँकेका आइटिएफ पदक विजेतालाई नगदसहित सम्मान

168 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो ।

शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए । त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन सलमानी ४० केजी, सिद्धार्थ बिक ३५ केजी, प्रकाश आले ६५ केजी र सोनु केवट ५५ केजी रहेका छन् ।

संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई रोजगारी दिइएको छ । रोजगारी पाउनेमा चार जना प्रशिक्षक छन् । सहकारी २६ जिल्ला र गार्डेन मार्ट १५ जिल्लामा सञ्चालनमा रहेको उनले बताए । अध्यक्ष शर्माले दश बर्षमा गार्डेन मार्टको संख्या पाँच सय पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिए।

गार्डेन मार्टले देशभरमा २ सय ५० जना खेलाडीलाई रोजगारी दिइसकिएको गार्डेन मार्टका प्रनीर अधिकारीले बताए । दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले पदक जितेका थिए । २४ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नौ वटा पदक जित्दै बाँके टिमतर्फ उपविजेता बनेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.