3 years ago
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानको महिला टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान भएको राउन्ड रोविनको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । अब उज्वेकिस्तानले उपाधिको लागि मंगलबार नेपालको सामना गर्नेछ ।
नेपालले राउन्ड रोविनको लिगको एक खेल बाँकी छँदै फाइनलमा स्थान पक्का गरेको थियो । च्याम्पियनसिपमा अपराजित रहने नेपाल एक्लो टोली हो । नेपालले आज नै राउन्ड रोविनको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा उज्वेकिस्तानले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१८ को सहज जित निकालेको उज्वेकिस्तानले तेस्रो सेट २०–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट उज्वेकिस्तानले गुमाउन पुगेको थियो । चौथो सेट १९-२५ ले गुमाएपछि खेल २-२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक सेटमा १५-१२ ले जित्दै उज्वेकिस्तान फाइनल पुग्न सफल भयो ।
हारसँगै श्रीलंकाले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ । फाइनल र तेस्रो स्थानको खेल मंगलबार हुनेछ । लिग चरणमा उज्वेकिस्तानले ५ खेलबाट ११ अंक जोड्यो । श्रीलंकाले ११ तथा किर्गिस्तानले ६ अंक जोडेको छ । अपराजित रहेको नेपालको ४ खेलबाट ११ अंक छ । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]