8 years ago
November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी जुट्ने क्रममा आइतबार पहिलो चरणका छनोटमा ५२ खेलाडी समेटिएका छन् । छनोटका लागि देशका विभिन्न ६ सहरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि अन्तर्राष्ट्रिय यू १९ प्रतियोगिता खेलिसकेका र त्यसको बन्द प्रशिक्षणमा रहेकालाई भने स्वत पहिलो चरणमा छनोट गराइएको थियो ।
ट्यालेन्ट हन्ट गत साता काठमाडौं, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरिएको थियो । छनोटमा पर्नेमा विराटनगरबाट मुकुन्द यादव, सन्दीप ढुंगाना, फिर्तोस अन्सारी छन् । कलैयाबाट मोहम्मद आसिफ शेख, अस्चलकुमार शाह, रिजन ढकाल, रसिद खान, पवन सर्राफ, दिवेन्शु मल्लिक, मोहम्मद हुसेन र समसाद आलम छन् ।
त्यस्तै काठमाडौंबाट छानिने जितेन्द्रसिंह ठकुरी, प्रदीप टण्डन, सन्दीप जोहरा,आयुषमान बम, प्रनय शाह, कमल खत्री, पाल्देन लामा, शुभंकर उराव छन् । भैरहवाबाट सुमन पाण्डे, रोहित पौडेल,देव खना, प्रकाश केसी, धिरज शाही, शाह अलाम, किशोर महतो र विक्रम भुसाल छन् । नेपालगन्जबाट रविन्द्र शाही, सुसान्त सिंह थापा, प्रनित थापामगर, विजय चौधरी, अफजल खान छनोटमा परेका छन् । धनगढीबाट पहिलो चरणमा पर्न सफल हुनेमा लोकेश चन्द, भिम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, अनिलकुमार थापा, विक्रम ढगुन्ना, अमन पन्थी र अनिल विश्वकर्मा छन् ।
यू १९ को पहिलो चरणमा स्वतः छनोट हुनेमा अभिनाष कर्ण, ललितनारायण राजवंशी, सन्दीप सुनार,दीपेन्द्र सिंह ऐरी, नन्दनकुमार यादव, कमलसिंह ऐरी, सागर भण्डारी, सन्दीप लामिछाने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि वेंकटपती राजु, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक र यू १९ प्रशिक्षक विनोद दासको तीन सदस्यीय टोलीले खेलाडीको छनोट गरेको थियो । यू १९ को बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने बताइएको छ । यू १९ डिसेम्बर ८ देखि २२ तारिखसम्म हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]