default_image

3 years ago

December 26, 2021

एटेमी करातेको बेल्ट टेस्ट

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए ।

बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका ३० जना खेलाडी पनि सहभागी भएका थिए । समाजमा आश्रित बालबालिकालाई संघले विगत तीन वर्षदेखि निशुल्क प्रशिक्षण गराउँदै आएको छ ।

जुनियर खेलाडीहरुको ग्रेडिङ संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापा, विशाल खड्का, गोमा तामाङलगायतले लिएका थिए । ग्रेडिङमा सोफिला तामाङले डबल प्रमोसन पाएकी थिइन् । उनी सेतो पेटीबाट नीलो पेटीमा प्रमोसन भएकी छन् ।

कार्यक्रममा देवीथान टोल सुधार समितिका सचिव तथा समाजसेवी बुद्ध तामाङ, संघका कोषाध्यक्ष मञ्जु आचार्य, दामोदर पाण्डे, पार्वती थापालगायतको उपस्थिति रहेको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.