default_image

3 years ago

December 26, 2021

मनीष च्याम्पियन

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् ।

उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् । सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए ।

प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले फ्रेन्डसिपका कुडोस प्रसाईं, ५६ केजीमा सुकेधाराका प्रवीण राईले गोकर्णेश्वरका दावा फुन्जो शेर्पा तथा अर्को ५५ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले केन्द्रीयका मनोज राना मगरलाई पन्छाए ।

कलंकीस्थित जनपथ माविमा भएको एकदिने प्रतियोगिताका विजेतालाई नेपाल राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिता फ्रेन्डसिप मुवाँथाइ क्लबको आयोजनामा भएको हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.