3 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले पहिलो सेट संघर्षपुर्ण रुपमा आफ्नो पक्षमा पार्न सफल भएको थिषे । १६–१२ को अवस्थामा रहेको नेपाल एक समय २१–२२ ले पछि परेपनि त्यसपछि पूनरागमन गर्दै २७–२५ को जित निकाल्न सफल भएको थियो ।
दोस्रो सेटमा पनि सुरुवात देखि अग्रता लिदै नेपालले १८–१६ बाट अग्रता बढाउँदै २५–१९ को जित निकाल्न सफल भएको थियो । तेस्रो सेटमा सुरुवाती अग्रता लिएपनि नेपाल १३–१६ ले पछि परेको थियो । त्यसपछि १७–१७ को बराबरीबाट नेपालले २३–२२ ले अग्रता लिदै २५–२३ को जित निकाल्न सफल भयो ।
च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो । नेपालले बंगलादेशसँग ३–० को सोझो सेटमा तथा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
यो जितसँगै नेपालको लिग चरणमा ४ खेलबाट ६ अंक पुगेको छ । पराजित माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन । एक खेल कम खेलेको उज्वेकिस्तानको ३ अंक छ ।
सोमबार श्रीलंका र माल्दिभ्स तथा बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ । मंगलबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]