default_image

3 years ago

December 26, 2021

लगातार चौथो जित निकाल्दै नेपाल फाइनलमा

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा २५–२० को जित निकालेको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५–२३ को जित निकाल्दै जितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा २५–१४ ले जित निकाल्दै नेपालले राउनड रोविनको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भयो ।

नेपालले अब लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्दैछ । पहिलो हार बेहोरेको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना छ । उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दैछ । यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक पुगेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल मंगलबार हुनेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.