default_image

3 years ago

December 26, 2021

नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दै

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फ नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दैछ ।

खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुनेछ । अपराजित रहेको दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । दुवै टोलीले समान तीन खेल जितेका छन् । समान तीन खेल जितेपनि नेपालले श्रीलंकासँग एक अंक गुमाउन पुगेको थियो ।

शीर्षस्थानको उज्वेकिस्तानको ९ तथा नेपालको ८ अंक छ । यस्तोमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले लिग चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

यस्तोमा साविक विजेता नेपाल बलियो उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न चहान्छ । टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, उषा भण्डारी, साफिया पुन र सलिना श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ । यस्तै कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा श्रेष्ठ र लक्ष्मी चन्द पनि टोलीमा छन् ।

यता, उज्वेकिस्तान पनि नेपाललाई स्तब्ध पार्दै लगातार चौथो जित निकालेर फाइनलमा स्थान सुरक्षित गर्न चहान्छ । महिलातर्फ उज्वेकिस्तान, नेपाल र श्रीलंकाको फाइनल पुग्ने सम्भावना रहेको छ । श्रीलंकाको ७ अंक छ । श्रीलंकाले बंगलादेश र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । किर्गिस्तानको ३ अंक छ । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।

यस्तै पुरुषतर्फ नेपालले आफ्नो लिगको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्नेछ । खेल दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने सम्भावना सकिएको नेपालको लागि शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । आज नै बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । सोमबार श्रीलंका र माल्दिभ्स तथा बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ । मंगलबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ ।

पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । लिग चरणमा बंगलादेश र श्रीलंकाको दुई खेलबाट समान ६ अंक छ । नेपाल र उज्वेकिस्तानको समान तीन खेलमा ३ अंक छ । माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.