3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंकले कामना सेवा फुटसलको उपाधि जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।
फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरमा भएको थियो । टाइब्रेकरमा सिद्धार्थ २–१ ले विजयी बन्यो । त्यसअघि निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गर्दा माछापुच्छ्रेका अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए ।
उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर प्राप्त गरेको छ । माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए । सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।
विधागत तर्फका तीनै जना खेलाडीले ट्रफी सहित गिफ्टह्याम्पटर प्राप्त गरे । विजेता टोल्ीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदीलगायतले पुरस्कृत गरे । कामना सेवा विकास बैंकले आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा विभिन्न २६ टोलीको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]