default_image

3 years ago

December 25, 2021

आइओएफटीसीको सहयोग

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ ।

आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ रहेको जानकारी दिए ।

यसैगरी, आइओएफटिसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजन गृहलाई १५ हजार रुपियाँ प्रदान गरेको छ । ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरिन् ।

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

December 29, 2024

अस्ट्रेलियामा अरुणा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]

December 29, 2024

अस्ट्रेलियामा ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]

Success

Thank you for your time.