3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकाल्दै खेलमा फर्किएको नेपालले तेस्रो सेट १६–२५ ले गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक चौथो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट पछि परेको नेपालले २ अंक मात्रै जोडेन सकेपछि १५–२५ ले गुमाउन पुग्यो ।
यो हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । नेपालले ३ खेल खेल्दा ३ अंक जोडेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित हुँदा दोस्रो खेलमा साविकको उपविजेता उज्वेकिस्तानलाई ३–१ को सेटमा जित निकाल्न सफल भएको थियो ।
लिग चरणमा बंगलादेश र श्रीलंकाको दुई खेलबाट समान ६ अंक छ । नेपाल र उज्वेकिस्तानको समान तीन खेलमा ३ अंक छ । माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । सोही दिन बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । सोमबार श्रीलंका र माल्दिभ्स तथा बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ । मंगलबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]