3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगतको पुरुषतर्फको खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ ।
खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय भोगेपनि दोस्रो खेलमा साविकको विजेता उज्वेकिस्तानलाई हराएको नेपाल उच्च मनोवलका साथ कोर्टमा उत्रनेछ ।
नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । उज्जेकिस्तानविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका सेटर हरिहजुर थापा, धन बहादुर भट्ट क्षेत्री, मनाबहादुर श्रेष्ठ, हरि बहादुर अधिकारी, दर्गा बहादुर खड्का, कप्तान इम बहादुर राना, विनोद चन्द, भैरव बम, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विशाल विक र सरन सामरी क्षेत्री रहेका छन् ।
पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै जित निकालेको थियो ।यता, श्रीलंका पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । श्रीलंका लगातार दोस्रो जितको खोजीमा हुनेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
महिला टोलीले लगातार तेस्रो जित निकाल्दै फाइनल नजिक पुगेको छ । महिला टोलीले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई पराजित गरिसकेको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]