default_image

3 years ago

December 25, 2021

सेन्ट्रल जोन भलिबल – नेपालले आयोजक बंगलादेशसँग खेल्दै

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिले आयोजक बंगलादेशसँग खेल्दैछ ।

फाइल तस्विर

खेल बंगलादेश ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा ९ः१५ बजे हुनेछ । घरेलु टोलीलाई हराउँदै नेपाली महिला टोली लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा तथा दाोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालको दुई खेलबाट ५ अंक छ । शीर्षस्थानको उज्वेकिस्तानको ६ अंक छ । श्रीलंकाको ४ तथा किर्गिस्तानको ३ अंक छ । बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।

नेपाली टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, उषा भण्डारी, साफिया पुन र सलिना श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ ।

श्रीलंकाविरुद्धको खेलबाटै राष्ट्रिय टोलीमा डेब्यु गरेका कामना विष्ट र शान्ति थारु पनि टोलीमा छन् । कृपा अधिकारी, मनिषा श्रेष्ठ र लक्ष्मी चन्द पनि टोलीमा छन् । तुलनात्मक रुपमा कमजोर बंगलादेशविरुद्ध प्रशिषक जगदिश प्रसाद भट्टले मुख्य खेलाडीलाई विश्राम दिन सक्नेछ ।

घरेलु टोली बंगलादेश नेपाललाई बलियो चुनौती पेश गर्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । बंगलादेशको लक्ष्य नेपालविरुद्ध बढी भन्दा बढी अंक जोड्ने योजनामा हुनेछ ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।

पुरुषतर्फ नेपालले आज नै नेपालले श्रीलंकासँग साँझ ५ः४५ बजे खेल्दैछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै जित निकालेको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.