default_image

3 years ago

December 24, 2021

सूर्य नेपाल इस्टर्न ओपन गल्फ अर्को साता

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्य का अनुसार नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय शुक्र बहादुर राई र बलभद्र राईलाई, संजय लामा र जारी सिजनको पहिलो प्रतियोगिताका विजेता जयराम श्रेष्ठले बलियो दाबेदारी प्रस्तुत गर्ने आँकलन गरिएको छ ।

३५ व्यवसायिक खेलाडीलाई १३ औं सागका दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुबास तामाङले चुनौती दिन सक्छन् । यो पटक सुबाससँगै अर्का युवा एमेच्योर गल्फर सद्भाव आचार्य पनि खेल्दैछन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो दिनसम्म ३६ होलको खेल पछि अन्तिम दिन कट हुनेछ । टप २१ प्रो र ६ एमेच्योरले कट बनाउने नियम रहेको छ।

सहभागी ३५ प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.