3 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी माघको लागि सरेको छ । नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनमा तय प्रतियोगितामा पुस ९ र १० गतेका लागि तय थियो ।
यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । अब नयाँ मितिमा आगामी माघ ९ र १० गते प्रतियोगिता हुनेछन् ।
डोजोको स्थापना कालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पुर्याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा प्रतियोगिताको दोस्रो संस्करण हुँदै छ । भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापनासमेत भएको थियो । उनी सहिद दशरथ चन्दका भतिजसमेत हुन् ।
उक्त प्रतियोगिता नयाँबानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगितामा फाइट र काता गरी कुल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । काताअन्तर्गत टिम र व्यक्तिगततर्फ (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन् ।
पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौलसमूहसम्म प्रतिस्पर्धा हुनेछन् । महिलातर्फ २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । सोही प्रतियोगिताको उद्घाटनका अवसरमा श्रष्टा सम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए । डोजोको स्थापनाकालदेखि सहयोग पुर्याएका र विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]