3 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ ।
संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको एसियाली प्रमुखको जिम्मेवरी दिइएको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
खुकुरी मार्सल आर्ट्सका संस्थापक ग्रान्डमास्टर डा। जगदीशसिंह खत्रीले पाण्डेलाई प्रमाण पत्र हस्तान्तरण गरे । सेल्फ डिफेन्सकी प्रशिक्षक सन्जु महर्जन पनि सोही अवसरमा सम्मानित भइन् । दुईदिने तालिममा ३० जना सहभागी छन् । भारतबाट आएका खत्रीले सहभागीलाई प्रशिक्षण दिने छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]