default_image

3 years ago

December 24, 2021

कामना सेवा फुटसलको नकआउट समिकरण पुरा

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा फुटसल कपको नकआउट समिकरण पुरा भएको छ । शुक्रबार भएको समुह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो । समुह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रि–क्वार्टर फाइनल प्रवेश गरे । समूह बीबाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने । समूह सीबाट नेपाल इन्भेसमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता तथा समूह डीबाट ज्योती विकास बैंक विजेता र रिलायन्स फाइनान्स उपविजेता बने ।

यस्तै समूह इबाट मेगा बैंक विजेता र प्रिमियर इन्स्योरेन्स उपविजेता तथा समूह एफबाट सिद्धार्थ बैंक विजेता र कामना सेवा विकास बैंक निलो उपविजेता बने । उत्कृष्ट तेस्रो स्थानमा रहदै सिटिजन बैंक इन्टरनेश्नल, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंक हरियोले समेत नकआउट चरणमा स्थान बनाए ।

समूह चरणमा अन्तिम टिमको टुङ्गो टसबाट गरिएको थियो । आयोजकको हरियो टिम र साइन रेसुङ्गा बैंकको टिमबीच अंक (समान ३ अंक), गोल अन्तर (समान –२ अंक) र कार्ड समेतमा बराबर भएपछि टसका आधारमा अन्तिम टिमको टुङ्गो लगाईएको थियो ।

प्रि–क्वार्टरफाईनलमा कुमारी बैंक र हिमालयन शेर्पा तथा एनआईबीएल र सांग्रिला बैंकबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्ससँग, मेगा बैंकले कामना सेवाको निलो टिमसँग, सिटिजन बैंकले माछापुच्छ्रे बैंकसँग, ज्योती विकासले मुक्तिनाथसँग, सिद्धार्थले प्रिमियर इन्स्योरेन्ससँग र गरिमा विकास बैंकले कामना सेवाको हरियो टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

कामना सेवा विकास बैंक र खेलपाटी सहकार्यमा बैंक, वित्तिय सस्था तथा इन्स्योरेन्स कम्पनीलाई समावेश गर्दै प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित उत्कृष्ट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.