default_image

3 years ago

December 24, 2021

सेन्ट्रल जोन भलिबल – नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दै

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दैछ ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल समयअनुसार ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई रोक्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ ।

टोलीसँग मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, कप्तान इम बहादुर राना, विनोद चन्द, हरिहजुर थापा, भैरव बम, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विशाल विक र सरन सामरी क्षेत्री रहेका छन् ।

यता, बलियो उज्वेकिस्तान नेपाललाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । महिला टोलीले लगातार दुई खेलमा सफलता हात पार्दा पुरुष टोलीलाई जितको दवाव परेको छ । महिला टोलीले बिहीबार श्रीलंकालाई ३–२ को सेटमा तथा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले मंगलबार फाइनल खेल्नेछन् । त्यसअघि सोही दिन तेस्रो र चौथो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.