3 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकाले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई मेडिकल र फिटनेस सामग्री हस्तान्तरण गरेको छ ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए ।
कार्यक्रममा वडा नम्वर १३ का सदस्य राजकुमार बोगटी र १४ का सदस्य दीपक श्रेष्ठ, व्यवस्थापक किरण कार्की र डायमन्डका खेलाडीहरुको उपस्थिति रहेको थियो । फिटनेस र मेडिकल सामग्रीमा म्याट्रेससहितको सेमिफोल्डिङ बेड, रेफ्रिजेरेटर, आइस बक्स, आइस प्याक, इन्स्ट्रुमेन्ट ट्रली, रिकभरिङ स्टुल, क्रसट्रेनर, मल्टिजिम, पावर ह्वील, जिम बल र पावर ब्यान्ड एक–एक सेट रहेका छन् ।
क्लबलाई सामग्री हस्तान्तरण गर्दै मेयर घनश्याम गिरीले भलिबलमा छुट्टै पहिचान बनाउन सफल क्लबलाई सहयोग गर्न पाँउदा खुशी लागेको बताउँदै क्लबलाई आवश्यक सहयोगको लागि प्रतिबद्धता जनाए । आफ्नो कार्यकाल सकिन लागेको अवस्थामा रहेपनि उनले निकट भविष्यमा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने र यसको लागि आवश्यक छलफल भइरहेको बताए ।
उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।
क्लबका अध्यक्ष सुनकेशरी मालीले क्लबको एकल प्रयासमा स्थानिय सरकार प्रवेश गरेको अनुभुति भएको र यसलाई निरन्तरता दिनको लागि आग्रह गरिन् । उनले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउदै सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । प्रशिक्षक राईले प्राप्त सामाग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए । न्यु डायमन्ड
एकेडेमीले २०६४ जेठदेखि महिला भलिबलको प्रशिक्षण थालेको थियो । त्यसयता एकडेमीले निरन्तर भलिबलको प्रशिक्षण गर्दै आइरहेको छ । एकेडेमीबाट राष्ट्रियस्तरको खेलाडी उत्पादन गरिसकेको छ । रमिला तन्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादित राष्ट्रिय खेलाडी हुन् ।
क्लबले आफ्नै कभर्डहल बनाउने निजी जग्गा लिजमा लिइसकेको छ । इन्डोर कभर्डहल निर्माणको कार्य पनि अघि बढाईसकेको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]