default_image

3 years ago

December 24, 2021

सेन्ट्रल जोन भलिबल – नेपालले माल्दिभ्ससँग खेल्दै

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फको आफ्नो दोस्रो खेलमा नेपालले आज शुक्रबार माल्दिभ्ससँग खेल्दैछ ।

फाइल तस्विर

नेपाल र माल्दिभ्सबीचको खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ । पहिलो खेलमा श्रीलंकामाथि ३–२ को पूनरागमन जित निकालेको साविक विजेता नेपाल माल्दिभ्सलाई हराउँदै लिग चरणमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, उषा भण्डारी, साफिया पुन र सलिना श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ । श्रीलंकाविरुद्धको खेलबाटै राष्ट्रिय टोलीमा डेब्यु गरेका कामना विष्ट र शान्ति थारु पनि टोलीमा छन् । कृपा अधिकारी, मनिषा श्रेष्ठ र लक्ष्मी चन्द पनि टोलीमा छन् ।

यता, माल्दिभ्स पनि नेपाललाई हराउँदै अघिल्लो चरण पुग्ने यात्रालाई थप बलियो बनाउन चहान्छ । महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।

पुरुषतर्फ नेपालले आज नै उज्वेकिस्तानसँग खेल्दैछ । खेल साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई हराउाने लक्ष्यमा हुनेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.