3 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
पुरुष एकलमा रत्नजित तामाङले विष्णु कटवाललाई २१–७ र २१–१० ले पराजित गर्दा महिला एकलमा निगमकी रशिला महर्जनले सीमा राजवंशीलाई २१–१२ र २१–१८ को सेटमा हराइन् । पुरुष डबल्समा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले लक्ष्मण र राम विश्वकर्माको जोडीलाई २१–९ र २१–८ ले पराजित गरे ।
महिला डबल्समा निगमका शर्मिला कटवाल र रशिला महर्जनको जोडीले जेटी गुड्डी कार्की र सीमा राजवंशीको जोडीलाई २१–१२, १६–२१ र २१–८ ले हराइन् । पुरुष डबल्सको अर्का खेलमा रत्नजित तामाङ र सुरेन्द सिंह कार्कीको जोडीले राम विश्वकर्मा र विष्णु कटवालको जोडीलाई २१–१८ र २१–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
अर्काे खेलमा सिल्क ग्रुपले नेपाल विद्युत प्राधिकरणलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको छ । पुरुष एकलमा विकास श्रेष्ठले दीपक बोहोरालाई २१–१८ र २१–१७ ले पराजित गरे । महिला एकलमा अनुमाया राईले शोभा गौचनलाई २१–१६, १८–२१ र २१–१३ ले पराजित गरिन् । पुरुष डबल्समा नेपाल विद्युत प्राधिकरणका श्री प्रसाद धिमाल र राजु महर्जनको जोडीले सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११ र २१–१४ पराजित गरे । महिला डबल्समा अनुमाया राई र टासी शेर्पाको जोडीले शोभा गौचन र याम कुमारी गुरुङको जोडीलाई २१–१३ र २१–१९ ले पराजित गर्न सफल भयो ।
६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरणले सहभागिता जनाएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।
करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]