3 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकद्धय शान्ति थारु र कामना विष्टले महिला राष्ट्रिय भलिबल टोलीमा ‘डेब्यु’ गरेका छन् । बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत श्रीलंकाविरुद्ध ३–२ को सेटमा जित निकालेको खेलबाट कामना र शान्तिले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
कामनाले सुरुवाती सेटमै तथा शान्तिले कामनाको स्थान लिँदै राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । दुवै जनाले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । घरेलु भलिबलमा कामनाले विभागीय नेपाल पुलिस क्लबबाट तथा शान्तिले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छन् ।
श्रीलंकाविरुद्धको खेलमा नेपालले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जितसहित विजयी सुरुवात गर्न सफल भएको थियो । नेपालले पहिलो र दोस्रो सेट क्रमश १९–२५ र २१–२५ ले गुमाएको थियो । त्यसपछिको तीनै सेट नेपालले २५–१५, २५–१९ र १५–१३ ले जित्न सफल भएको थियो ।
अब नेपाली महिला टोलीले २४ डिसेम्वरमा महिला टोलीले माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ । लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]