3 years ago
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम २०२१ अर्काे साता आयोजना हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरडब्लु विन्टर स्लाम पुस १७ गते शनिबार ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय स्थल बुढानिलकण्ठस्थित चुन्निखेल मैदानमा हुने जानकारी गराएको हो । नेपाल रिङ रेस्लिङ संघका महासचिब सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, किङ रोबोट, सिजे, एससी, जोन,बाका, यु बि एल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहनेछ ।
प्रतियोगितामा हेभी वेट च्याम्पियनले ७५ हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार, लाईट वेट च्याम्पियनले ३५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले खेल संचालन गर्नेछन् भने कार्यक्रम सञ्चालन ख्याती प्राप्त कलाकार जीवन तामाङले गर्नेछन् । प्रतियोगिताका लागि करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ ।
नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आइरहेको महासचिव श्रेष्ठले बताइन् ।
उनले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादनसँगै निरन्तर रुपमा प्रशिक्षणको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरिसकेको बताइन् ।
बुढानिलकण्ठमा हुने सो प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद लगायत अन्य निकायहरुको सहयोगको अपेक्षा गरिएको उनले थपिन् । यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद) डटकम र नेपाल रिङ रेस्लिङ संघको फेसबुक पेजबाट हुने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]