default_image

3 years ago

December 21, 2021

जेभियर र टाइम्सलाई अक्सब्रिज कप

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित ग¥यो । जेभियरका निकेश मगरले १० अंक जोडे । मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए ।

प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए । व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे, इ क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टुमा समान २०–२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.