3 years ago
December 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पुरुष एकलमा कुमारीका सुदिप सेढाईंले साजन कृष्ण ताम्राकारलाई २१–१८ र २१–१९ को सेटमा तथा महिला एकलमा सुनयना मुखियाले सम्झना शर्मालाई २१–९ र २१–११ को सोझो सेटमा पराजित गरिन् । यस्तै पुरुष डबल्स्मा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल महेश स्वारलाई २१–१५ र २१–२७–२५ ले पराजित गर्यो ।
यस्तै नेपाल टेलिकमले नेपाल राष्ट्र बैंकलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुष एकलमा रत्नजित तामाङले दिपेश धामीलाई २१–१५, २२–२४ र २१–१७ को सेटमा पराजित गर्यो । महिला एकलमा सीमा राजवंशीले अमिता गिरीलाई २१–११, १२–२१ र २१–१८ ले पाखा लगाइन् । पुरुष डबल्समा सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले रिकिकेश भट्ट र डिला राम सुवेदीको जोडीलाई २१–१४ र २१–१४ ले पराजित गरेको छ ।
अर्काे खेलमा सिल्क ग्रुपले नेपाल आयल निगमलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो । पुरुष एकलमा विकास श्रेष्ठले विष्णु कटवाललाई १७–२१, २१–१७ र २१–१९ ले पराजित गर्दा महिला एकलमा आयल निगमका रशिला महर्जनले अनुमाया राईलाई २१–१८, २३–२१ र २१–८ ले पराजित गरिन् । पुरुष डबल्समा सुवास अधिकारी र रमेश शेर्पाले २१–१२ र २२–२० को सेटमा तथा महिला डबल्समा अनुमाया राई र टासी शेर्पाले शर्मिला कटवाल र रशिला महर्जनलाई २१–१६ र २१–१४ ले पराजित गरेको छ ।
अर्काे खेलमा नेपाल विद्युत प्राधिकरणले आइएमई ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइएमई ग्रुपका नविन श्रेष्ठले दीपक बोहोरालाई २१–१४ र २१–१६ ले तथा नङ्सलदेवी तामाङले शोभा गौचनलाई २१–१२ र २१–१५ ले पराजित गरिन् ।
नेपाल विद्युत प्राधिकरणका श्री प्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजन श्रेष्ठको जोडीलाई २१–५ र २१–१ को सेटमा हरायो । यस्तै शोभा गौचन र याम कुमारी गुरुङको जोडीले स्मारिका यरुसा श्रेष्ठ थापा र नङ्सल तामाङको जोडीलाई २१–११ र २१–१२ को सेटमा हरायो । पुरुष डबल्सको अर्काे खेलमा दीपक बोहोरा र राजु महर्जनको जोडीले निशान्त ढकाल र नविन श्रेष्ठको जोडीलाई २१–१८ र २१–१८ को सेटमा पराजित गर्यो ।
६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरणले सहभागिता जनाएको छ । हरेक टोलीमा महिला पुरुषको शीर्ष वरियताको ८–८ खेलाडीको सहभागिता रहेको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।
पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् ।
करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपैयाँ पाउनेछन् । वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।